मंगलवार, आश्विन १३ गते २०८३

जय ट्रफी : प्लेयर अफ द टुर्नामेन्ट बने साहब आलम

बिहिवार , माघ ३, २०८१

काठमाडौं । जय ट्रफी एलिट कपमा त्रिभुवन आर्मी क्लवका बलर साहब अलाम प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन् । प्रतियोगितामा अलामले सर्वाधिक ३३ विकेट लिएका छन् ।

त्रिभुवन आर्मी क्लव फाइनलमा नेपाल पुलिस क्लवसँग पराजित भए पनि साहबलाई सर्वोत्कृष्ट छनोट गरिएको छ । फाइनलका दुई इनिङमा साहबले १२ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् । फाइनल खेलको प्लेयर अफ द म्याचमा भने सागर ढकाल छनोट भएका छन् । ढकालले पहिलो इनिङमा ५ र दोस्रो इनिङमा ६ विकेट लिँदै टिमलाई जिताएका हुन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट ब्याटरको अवार्ड मधेस प्रदेशका मयन यादवलाई दिइएको छ । यादवले सर्वाधिक २६८ रन बनाएका छन् । त्यसैगरी, मधेस प्रदेश समूह चरणबाटै आउट भएको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट बलरको अवार्ड पनि साहबलाई नै मिलेको छ ।

प्रतियोगिताभरि अलराउन्ड प्रदर्शन गरेका पुलिस क्लवका कुशल भुर्तेलले भने कुनै पनि पुरस्कार पाएका छैनन् । उनले प्रतियोगितामा दुई अर्धसतकसहित २४६ रन बनाए भने कुल १८ विकेट लिएका छन् । भुर्तेल सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने दुवै सुचीमा तेस्रो स्थानमा रहेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार