बिहिवार, आश्विन १५ गते २०८३

सात अंकले घट्यो सेयर बजार

बिहिवार , माघ ३, २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् आज नेप्से परिसूचक घटेको छ । हिजो २५८५.८६ अंकमा बन्द भएको बजार आज २५८८.६२ विन्दुमा बन्द भएको छ ।

हिजो जस्तै आज पनि फाइनान्स उपसूचकमा ठूलो गिरावट आएको छ । यसका साथै बैंक, विकास बैंक, होटल तथा पर्यटन, लगानी, माइक्रोफाइनान्स, जीवन तथा निर्जीवन बीमा लगायत क्षेत्र रातो बनेपछि सेयर बजारमा गिरावट आएको छ ।

साताको अन्तिम कारोबार दिन जलविद्युत् ३, प्रशोधन उद्योग, म्युचुअल फन्ड र व्यापार उपसूचक मात्रै सीमान्त रूपमा बढेका छन् । फाइनान्स उपसूचक धेरै नै बढेको थियो । तर, कर्णाली विकास बैंक समस्याग्रस्त भएपछि कमजोर फाइनान्स कम्पनीमाथि पनि अनुसन्धान भइरहेको रिपार्टहरू आएका छन् ।

फाइनान्स कम्पनीमध्ये पोखरा र जानकी फाइनान्समा नकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ । रिलायन्स फाइनान्सको सेयर पनि करिब ८ प्रतिशतले घटेको छ । त्यसबाहेक खानीखोला जलविद्युत ३ कम्पनीको सेयर पनि ९ प्रतिशतले घटेको छ । समग्र बजार घट्दा चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल, विन नेपाल लघुवित्त, मन्दाकिनी जलविद्युत् र अपर हेवाखोला जलविद्युत् सेयर १० प्रतिशतले बढेको हो ।

कारोबार रकमका हिसाबले भने सिन्धु विकास बैंकको सेयर सबैभन्दा बढी कारोबार भएको छ यसलाई एनआरएन र सानिमा मिडल तमोरले पछ्याएका छन् । बुधबारको तुलनामा बिहीबार कारोबार रकममा सामान्य वृद्धि भएर ५ अर्ब ९३ करोड पुगेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार