मंगलवार, आश्विन १३ गते २०८३

जय नेपाल कपको पूर्वसन्ध्यामा कलाकार र नेताबिच त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा

शुक्रवार , माघ ४, २०८१

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा नेपालका राजनीतिक दलका नेता र नेपालका कलाकारहरूबिच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । आगामी साता सुरु हुन लागेको जय नेपाल कपको पूर्वसन्ध्यामा आयोजना गरिएको प्रतियोगितामा कलाकार र नेताहरूले १० विकेटको खेल खेलेका छन् ।

आयोजकका अनुसार प्रतियोगितामा नेताहरु विश्वप्रकाश शर्मा, जीवन परियार, गृहमन्त्री रमेश लेखक, गगन थापा, योगेश भट्टराई, डा. शेखर कोइराला, महेश बस्नेत, भीम रावल, रामकुमारी झाँक्री, मिनेन्द्र रिजाल, खेलकुद मन्त्री तेजुलाल चौधरी र कलाकारहरू जितु नेपाल, प्रा. डा. सुरेन्द्र भण्डारी, रेखा थापा, धिरज राई, स्वागत नेपाल, बद्री पङ्गेनी, केकी अधिकारी, टिकाराम यात्री, विजय बराल, शिव श्रेष्ठ, प्रकाश सपुत, निर शाह लगायतलाई आमन्त्रण गरिएको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार