काठमाडौँ । गायिका एलिना चौहानको डिभोर्स भएको भन्दै सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । गायिका तथा मोडल ज्योती मगरले आफ्नो फेसबुकमा एलिनातर्फ इंगित गर्दै एउटा भावुक स्टाटस लेखेपछि एलिनाको भिडोर्स भएको हल्ला चलेको हो ।
ज्योतीको स्टाटसमा बल थप्ने काम पत्रकार प्रकाश सुवेदीले पनि गरेका छन् । आफ्नो टेलिभिजन कार्यक्रम शो मार्फत उनले एलिनाको डिभोर्स भएको हुनसक्ने घोषणा नै गरेका छन् । त्यसपछि त के थियो ? टिकटक र फेसबुक लगायतका सामाजिक सञ्जालभरि एलिनाकै चर्चा भइरहेको छ ।के एलिनाको डिभोर्स भएकै हो ? यो प्रश्नको जवाफ पाउनु भन्दाअगाडि प्रकाश सुवेदी र एलिना कस्ता व्यक्ति हुन् ? त्यो जान्न जरुरी छ । यस विषयबारे शैली न्यूजले सत्यको नजिक पुग्ने कोशिस गरेको छ ।
प्रकाश सुवेदी कस्ता व्यक्ति हुन् ?
प्रकाश सुवेदी भनेका युट्युबमा भ्यूज पाउनको लागि अन्टसन्ट बोल्ने गर्छन । केही महिना अगाडि मात्रै सुवेदीले आफ्नो कार्यक्रम शोमार्फत नायक पल शाहको यही माघमा विहे हुने घोषणा नै गरिदिए । दुलही एक जना एमालेकी नेतृलाई बनाइदिए । त्यसपछि भने सुवेदीले युट्युबमा भिउज कमाए भने पल आफ्नै विहेको हल्लाले चकित परे ।
पलको विहे गर्ने कुनै योजना पनि थिएन । र, उनी एमालेकी नेतृसँग प्रेम सम्बन्धमा पनि छैनन् । डलर झार्न पलको विहेको हल्ला चलाएको भन्दै प्रकाश सुवेदीको निकै आलोचना भएपछि अन्तिममा आएर उनले दर्शकसँग माफी मागेका थिए ।
अब एलिनाको कुरा गरौँ
एलिना यस्ती गायिका हुन् । आफ्नो गीत बजारमा आएपछि यीनले चर्चामा आउन आफ्नै ब्रेकअप भएको हल्ला चलाउछिन् । सायद तपाईँहरु बिर्सनु भएको छैन होला । गत बैसाख ५ गते एलिनाले प्रेमी विष्णु सापकोटासँग विवाह गरेकी हुन् । एलिनाले विहे गर्नु ठिक एक महिना अगाडि धोकेबाज २ गीत रिलिज भएको थियो । त्यस गीतलाई चलाउनको लागि एलिनाले आफ्नै ब्रेकअप भएको हल्ला चलाइन् ।
आफ्ना नजिकका साथिलाई मेरो ब्रेकअप भयो भनिन् । अनि ती साथीहरुले मिडियालाई एलिनाको ब्रकेअप भएको बताए । त्यसपछि त के थियो ? र, बजारभरि एलिनाको ब्रेकअपको चर्चा र उनको धोकेबाज २ बोलको गीतको चर्चा निकै भयो । जसले गर्दा धोकेबाज २ बोलको गीत हिट नै भयो । त्यसको ठिक एकमहिना पछि एलिनाले विष्णुसँग विवाह गरिन् । सबै दर्शक चकित परे ।
अब लागौँ एलिनाको डिभोर्सतर्फ
बुधबार एलिनाको स्वरमा रहेको, ‘एक्लैपनि जिन्दगी चल्दो रहेछ, सयम र भाग्यको खेल हो जिन्दगी’ बोलको गीत रिलिज भएको छ । केही दिन अगाडि मात्रै ज्योती मगर र एलिना एउटै गाडिमा महोत्सवका लागि गएका थिए । गाडिमा नै ज्योती र एलिनाले गित हिट गर्ने नयाँ जुक्ति लगाउछन् । र, त्यसको केही मिनेटमा ज्योतीले लामो स्टाटस लेखेर पोष्ट गर्छिन् ।
‘आज चर्चित गायिका बहिनीसँग भेट भयो २५ मिनेटको यात्रामा उनले सायद आफ्नै दिदी महशुस गरिन् र त केही गोप्य राखेका पिडाहरु खोलिन् बरर आँसु झारिन् । उनको रक्ताम्य अनुहार आँखा मुख भरी निलडाम घाउ चोटको फोटो देखाउदै भनिन् अरु कसैलाई नभन्नु होला ।’ यो हो ज्योतीले लेखेको स्टाटस । अब यो स्टाटसमा भनेको कुरालाई राम्रोसँग केलाएर सत्यको नजिक पुग्ने कोशिस गरौँ ।
विष्णुले एलिनालाई रक्ताम्य हुनेगरि कहिले कुटे त ? एलिनाको अनुहार आँखा मुखभरि किन ती निलडाम देखिएनन् । यदि विष्णुले कुटेकै हो भने आफ्नो ज्यान नै धरापमा पर्दासम्म किन एलिना कानुनको बाटोमा गइनन् । अनि एलिनाले रुदैँ यो कुरा कसैलाई नभन्नु भनेको एक मिनेटमै ज्योतीले फेसबुकमा पोष्ट गर्नुको कारण के हो ?
यदि साच्चै एलिनामाथि विष्णले त्यस्तो गरेका थिए भनेपछि एलिनाले कसैलाई नभन्नु है भनेको एक मिनेटमै ज्योतीको लामो स्टाटस कुनै पनि हालतमा आउने थिएन । किनकी एक मिनेटमै कसैले भरोसा टुटाउन सक्दैँन ।
ज्योती मगरले लेखेको स्टाटसको भावबाटै प्रष्ट हुन्छ की, एलिनाले नयाँ गीत हिट बनाउन फेरि नकल्ली डिभोर्सको नाटक रचेकि हुन् । उनले विगतमा देखाएका हर्कत र ज्योतीको स्टाटसबाट नक्कली डिभोर्स हो भन्ने बुझिन्छ । तर, यसपटक भने साच्चै एलिनाको डिभोर्स हुनेवाला हो भने त्यो सयमसँगै बाहिर आउने नै छ ।