काठमाडौँ । साताको पहिलो दिन अर्थात आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ ।
जसअनुसार आज छापावाल सुन प्रती तोला १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ५७ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेको छ । शुक्रबार तोलामा १ हजार ८९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको छ ।