बिहिवार, आश्विन १५ गते २०८३

साताको पहिलो कारोबार दिन १२ अंकले बढ्यो नेप्से

आइतवार , माघ ६, २०८१

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) १२.५८ अंकले बढेको छ । २५९० बिन्दुबाट सुरु भएको कारोबार सामान्य उतारचढाव हुँदै बढेर २६०१ बिन्दुमा उक्लिएको हो ।

आज १७१ कम्पनीको मूल्य बढेको हो । ६८ कम्पनीको घट्दा ४ कम्पनीको मूल्य स्थिर रहेको छ । आज कुल ६ अर्ब २५ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ ।

बोटलर्स नेपाल बालाजु लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्तको मूल्य ९ प्रतिशतले उक्लिएको छ ।

आज फाइनान्स र उत्पादन समूहतर्फका कम्पनीले बजार बढाएका छन् । यी दुई समूहको सेयर क्रमशः २.३२ र २.५७ अंकले बढेको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार