काठमाडौं । आज पनि सुनको मूल्य घटेको छ । गतसाता लगातार बढेको सुनको मूल्य यो साता भने हिजो र आज घटेको हो ।
आज सुनको मूल्य प्रतितोला एकसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य आज तोलाको एक लाख ५७ हजार रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य आठसय रुपैयाँ घटेको थियो । शुक्रबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँ बढेको थियो । गएको शुक्रबार सुनको मूल्य तोलाको एक लाख ५७ हजार नौसय रुपैयाँ कायम भएको थियो ।
गएको बिहीबार पनि सुनको मूल्य प्रतितोला एक हजार दुईसय रुपैयाँ बढेको थियो । आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ६० रुपैयाँमै कारोबार भइरहेको छ ।