काठमाडौं । आईसीसी यू–१९ टी २० महिला विश्वकपको दोस्रो खेलमा नेपालले स्कटल्याण्ड विरुद्ध टस जितेको छ ।
टस जितेर नेपालकी कप्तान पुजा महतोले पहिले ब्याटिङ गर्ने निर्णय गरेकी छन् । नेपालले आज दुई जना परिवर्तन गरेको छ । तृष्णा विक र सोनी पाख्रिनको स्थानमा कृष्मा गुरूङ र ज्योत्सनिका मरासिनी टिममा आएका छन् ।
नेपालले पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको थियो ।