काठमाडौं । आज पनि नेप्से परिसूचक बढेको छ । आइतबारदेखि बढ्ने क्रममा रहेको नेप्सेले मंगलबार पनि निरन्तरता पाएको हो । आज सेयर बजार ५.०८ अंकले बढेको छ ।
२६०८ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढाव हुँदै २६१३.०८ विन्दुमा बन्द भएको छ । आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । गत कारोबार दिन अर्थात् सोमबार ६ अर्ब ५७ करोडको सेयर कारोबार भएकोमा मंगलबार ६ अर्ब १९ करोडको सेयर कारोबार भएको थियो ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३८ करोड रूपैयाँ कमी आएको हो । आज ३११ वटा धितोपत्रको १ करोड १६ लाख २६ हजार २० कित्ता सेयर किनबेच भएको छ । आज १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ वटाको घटेको छ । यस्तै आठ कम्पनीको मूल्य स्थिर छ । मेगलबार मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
यस कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ६ रूपैयाँ ५० पैसा कायम भएको छ । त्यसैगरी, सप्तकोशी डेभलपमेन्टको मूल्य ८.०६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार २७३ रूपैयाँ पुगेको छ । आज रिभर फल्स पावरको मूल्य सबैभन्दा बढी ८.९६ प्रतिशतले घटेको छ । यस कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २०९ रूपैयाँ कायम भएको छ भने एलबिबिएल डिबेन्चरको मूल्य ७.१२ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार ८२ रूपैयाँमा झरेको छ ।
आज सिइडिबी होल्डिङ्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ७७५ रूपैयाँमा २३ करोड ७६ लाख रूपैयाँको सेयर कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता एक हजार २७३ रूपैयाँ पुगेको छ भने २१ करोड ६६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी आठ समूहको बढेको छ । आज अन्य समूहको परिसूचक सर्वाधिक २.७९ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक २.१० प्रतिशतले घटेको छ ।