मंगलवार, आश्विन १३ गते २०८३

यू-१९ महिला विश्वकप : जित्नै पर्ने दबाबमा रहेको नेपाल अस्ट्रेलियासँग भिड्दै

बुधवार , माघ ९, २०८१

काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकपअन्तर्गत आज समूहगत चरणको अन्तिम खेल खेल्दैछ । जित्नै पर्ने दबाबमा रहेको नेपालले अन्तिम खेलमा बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग भिड्नु पर्ने छ । पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा स्कटल्यान्डसँग पराजित भएर नेपालले आज तेस्रो खेल खेल्दैछ ।

तेस्रो खेलमा अस्ट्रेलियासँग नेपालको भिडन्त नेपाली समयानुसार दिउँसो १२ बजेर १५ मिनेटमा सुरु हुनेछ । माघ ५ गते पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेट र ७ गते भएको दोस्रो खेलमा स्कटल्यान्डसँग १ विकेटले पराजित भएको थियो । आजको खेल पनि हारे नेपाल समूह चरणबाटै बाहिरिनेछ ।

जारी विश्वकपमा नेपाल समूह ‘डी’मा रहेको छ । उक्त समूहमा बंगलादेशसँगै स्कटल्यान्ड र अस्ट्रेलिया रहेका छन् । अस्ट्रेलिया दुई जितसहित ४ अंकका साथ समूह डीको शीर्ष स्थानमा छ भने बंगलादेश र स्कटल्यान्ड २/२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । नेपाल भने अंकविहीन रहेको छ ।

विश्वकपको समूह ‘ए’मा आयोजक मलेसिया, भारत, श्रीलंका र वेस्ट इन्डिज छन् भने समूह ‘बी’ मा इङ्ग्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन् । यस्तै समूह ‘सी’मा न्युजिल्यान्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार