काठमाडौं । आज पनि सुनको मूल्य बढेका छ । आज सुनको मूल्य तोलाकै एक हजार नौसय रुपैयाँले बढेको हो । हिजो पनि सुन प्रतितोला ११ सय रुपैयाँले बढेको थियो ।
आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य तोलाको एक लाख ५८ हजार एकसय रुपैयाँ थियो
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको हो । आज चाँदीको मूल्य एक हजार आठसय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ७५ रुपैयाँ कायम भएको थियो ।