मंगलवार, आश्विन १३ गते २०८३

टस जितेर अष्ट्रेलियाले नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने

बुधवार , माघ ९, २०८१

काठमाडौं । मलेसियामा जारी यू-१९ टी-२० महिला विश्वकपको तेस्रो खेलमा टस जितेर अष्ट्रेलियाले नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा भर्खरै भएको टसमा अष्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने छ । अष्ट्रेलियाविरुद्धको खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ ।

नेपालले सुपर सिक्सको यात्रा तय गर्नका लागि पनि समूह ‘डि’ को सबैभन्दा बलियो टोलीका रूपमा रहेको अष्ट्रेलियालाई जित्नै पर्ने दबाब रहेको हो । यसअघि अष्ट्रेलियाले स्कटल्याण्डलाई नौ र बङ्गलादेशलाई दुई विकेटले पराजित गरेको थियो ।

नेपालले यसअघिको दुई खेलमा पराजित भइसकेको छ । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो । आज अष्ट्रेलियासँग पनि पराजित भएमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार