काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुन तोलामा ४०० रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य तोलामा १ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । बुधबार तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भईरहेको छ ।