काठमाडौं । हिजो घटेको सुनको मूल्य आज बढेको छ । सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गएको मंगलबार र बुधबार तीन हजार रुपैयाँ बढेको सुनको मूल्य हिजो तोलाको चारसय रुपैयाँ घटेको थियो । हिजो सुन एक लाख ५९ हजार ६ सय रुपैयाँमा कायम भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलाको ५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य आज प्रतितोला एक हजार आठसय ८० रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य एक हजार आठसय ७५ रुपैयाँमा कारोबार भएको थियो ।