बिहिवार, आश्विन १५ गते २०८३

सेयर कारोबार ९ अर्ब नाघ्यो, आज १०.४१ अंकको गिरावट

आइतवार , माघ १३, २०८१

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १०.४१ अंकले घटेको छ । आजको गिरावटपछि नेप्से २६४३ अंकमा कायम भएको छ । बजारको परिसूचक घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ९ अर्ब १२ करोडको कारोबार भएको छ ।

११६ कम्पनीको मूल्य बढ्दा १२१ को घटेको छ भने ६ को स्थिर रहेको छ । फाइनान्स सेक्टर सबैभन्दा धेरै ४.७४ प्रतिशत घटेको छ । विकास बैंक ०.५९, हाइड्रोपावर ०.५४, माइक्रोफाइनान्स ०.७५ र अन्य ०.०३ प्रतिशत बढेका छ । बैंकिङ ०.८९, होटल तथा पर्यटन ०.२७, लगानी ०.५०, जीवन बीमा ०.६१, उत्पादन १.६६, निर्जीवन बीमा ०.६७ तथा व्यापार समूह ०.७५ प्रतिशत घटेको छ ।

उपकार लघुवित्त र माथिल्लो मैलुङखोला जलविद्युत्को मूल्य १० प्रतिशत बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८८, आरम्भ चौतारी लघुवित्तको ९.६८, सिक्लेस हाइड्रोपावरको ८.६ प्रतिशत बढेको छ । चार कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ । बोटलर्स नेपाल बालाजु, दोल्ती पावर, जानाकी फाइनान्स र धौलागिरि लघुवित्तको मूल्य १० प्रतिशतले घटेको हो ।

नेपाल हाइड्रो डेभलपरको ८.६०, नेपाल फाइनान्सको ८.२१, समृद्धि फाइनान्सको ७.९३ प्रतिशत मूल्य घटेको छ । कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, सिन्धु विकास बैंक र सीएचडीसी क्रमशः अगाडि रहेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार