काठमाडौं । हिजो घटेको सुन-चाँदीको मूल्य आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा तीनसय रुपैयाँले घटेको हो ।
सुनको मूल्य आज तोलाको एक लाख ६० हजार १ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । गएको शुक्रबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको मूल्य हिजो र आज दुईदिन लगातार घटेको हो । हिजो सुनको मूल्य तोलामा दुईसय रुपैयाँ घटेको थियो ।
आज चाँदीको मूल्य पनि तोलाको १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला एक हजार आठसय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।