बिहिवार, आश्विन १५ गते २०८३

लगातार तेस्रो दिन पनि घट्यो सुनचाँदीको मूल्य 

मंगलवार , माघ १५, २०८१

काठमाडौँ । आइतबार देखि लगातार घटेको सुनचाँदीको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको छ । सोही सुनको मूल्य सोमबार तोलामा १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको थियो । आइतबार सुनको मूल्य १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । हिजो तोलामा १ हजार ८५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर १ हजार ८३५ रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार