काठमाडौं । लगातार घटेको सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेर १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छ ।
हिजो छापावाल सुन प्रतितोला १ लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्य पनि बढेको छ ।
महासंघका अनुसार हिजो तोलामा १ हजार ८३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज २० रुपैयाँले बढेर तोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको छ ।