काठमाडौं । एन्फा महिला लिग २०२४ उपाधिका लागि आज एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् ।
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने आजको खेल दिउँसो २ बजेपछि सुरु हुनेछ । एपीएफले पहिलो क्वालिफायरमा विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
पुलिस क्लबले दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा २-१ ले हराउँदै एपीएफसँग उपाधि भिडन्त पक्का गरेको हो ।