काठमाडौँ । हिजो बढेको सुनको मूल्य आज घटेसँगै चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य तोलामा सामान्य घटबढ भएको छ । महासंघका अनुसार बुधबार तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज १०० रुपैयाँले घटेर १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी चाँदीको मूल्य बुधबार तोलामा १ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य ३० रुपैयाँले बढेर तोलामा १ हजार ८८५ रुपैयाँ कायम भएको छ ।