बिहिवार, आश्विन १५ गते २०८३

टोकियो ओलम्पिकको अन्तिम दिन आज ८ स्वर्ण पदकका खेल हुँदै

आइतवार , श्रावण २४, २०७८

काठमाडौं । टोकियो ओलम्पिक आजदेखि सकिँदै छ। गत जुलाई २३ मा औपचारिक उद्घाटन भएको ओलम्पिक आज समापन हुन लागेको हो। समापन समारोह नेपाली समय अनुसार अपरान्ह ४ बजेर ४५ मिनेटमा सुरु हुँदै छ। 

ओलम्पिकको अन्तिम दिन आज ८ स्वर्ण पदकका खेल हुँदैछन्। आज वाटर पोलो, महिला भलिबल जिम्न्यास्टिक, पुरुष म्याराथन, साइक्लिङ ट्याक, महिला ह्याण्ठबल, जम्पिङ र बक्सिङका खेल हुँदै छन्। आज भएको जम्पिङमा स्वीडेनले स्वर्ण जितिसेकेको छ। त्यस्तै पुरुष म्याराथनतर्फको स्वर्ण पदक केन्याली धावक एलिउड किपचोगेले जितेका छन्।​

सापोरो ओडोरी पार्कमा आइतबार निर्धारित दुरी २ घण्टा ८ मिनेटमा ३८ सेकेन्डमा पूरा गर्दै किपचोगेले स्वर्ण पदक जितेका हुन्।

टोकियो ओलम्पिकमा हालसम्म पदक तालिकामा ३८ स्वर्णसहित चीन अग्र स्थानमा रहेको छ। उसलाई अमेरिका ३६ स्वर्णसहित पछ्याइरहेको छ। 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार