काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ हजार ३ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा १ लाख ६० हजार ५ सय रुपैयाँ कायम भएको थियो । आज सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ३० रुपैयाँले बढेको हो । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९१५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको मूल्य १ हजार ८८५ रुपैयाँ रहेको थियो ।