बिहिवार, आश्विन १५ गते २०८३

आज सुनको भाउ स्थिर, चाँदीको मूल्य घट्यो 

आइतवार , माघ २०, २०८१

काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । चाँदीको मूल्य भने सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको थियो । 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार