बिहिवार, आश्विन १५ गते २०८३

एकैदिन ६९ अंकले बढ्यो नेप्से, १२ अर्ब बढीको कारोबार

आइतवार , माघ २०, २०८१

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ६९.८० अंक (२.६२ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७२७ मा कायम भएको छ । बजारको यो अंक पछिल्लो दुई महिना (मंसिर २०) यताकै रहेको छ ।

नेप्सेका अनुसार आज १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा २०२ कम्पनीको शेयरमूल्य बढ्दा ३७ को घटेको छ भने ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आजको कारोबारमा सात कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । यी कम्पनीहरूको शेयरमूल्य १० प्रतिशतले बढेको हो । यसका साथै आज तीन कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेका छ ।

सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा आज नकारात्मक सर्किट लागेको छ । आज एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ४१ करोड ९७ लाख बराबरको कारोबार भएको छ । आज उन्नति सहकार्य, ग्लोबल आईएमई लघुवित्त, अभियान, विजय लघुवित्त, भूगोल इनर्जी हाइड्रोपावर, ग्रामीण विकास लघुवित्त, एनएमबी माइक्रोफाइनान्स, समता घरेलु लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै बजार बढ्दा पनि सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशतले घटेको छ । सप्तकोशी विकास बैंकको ८.२०, माथिल्लो मैलुङखोलाको ५.८५, मन्दाकिनी हाइड्रोपावरको ४.६ प्रतिशतले मूल्य घटेको छ । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहेका छन् ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार