बिहिवार, आश्विन १५ गते २०८३

आज पनि सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

सोमवार , माघ २१, २०८१

काठमाडौं । आज पनि सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने थप घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार तोलामा दुई हजार तीनसय रुपैयाँ बढेको सुनको मूल्य हिजो र आज स्थिर रहेको छ । आज पनि सुन प्रतितोला एक लाख ६२ हजार आठसय रुपैयाँमै कारोबार भइरहेको छ । हिजो पनि सुनको मूल्य यही थियो ।

चाँदीको मूल्य भने आज प्रतितोला १५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा एक हजार आठसय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार