बिहिवार, आश्विन १५ गते २०८३

१ हजार ९०० रुपैयाँले बढ्यो सुनको मूल्य

मंगलवार , माघ २२, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चार दिनसम्म स्थिर रहेको सुनको मूल्य आज भने तोलामा १ हजार ९०० रुपैयाँ बढेको हो ।

महासंघका अनुसार मूल्य बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबारदेखि सोमबारसम्म सुनको मूल्य १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । हिजो तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा १ हजार ९३० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार