काठमाडौं । दयाहाङ राई र आँचल शर्माको मुख्य अभिनय रहेको दीपेन्द्र लामा निर्देशित फिल्म दुःखी आत्माको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा प्रेम र यौन मनोविज्ञानलाई चित्रण गरिएको छ । यो फिल्ममा दयाहाङ कविको भूमिकामा छन् ।
उनीप्रति युवतीहरूको आकर्षण र उनमा रहेको शारीरिक दुर्बलतालाई यस फिल्मको ट्रेलरमा देखाइएको छ । एडल्ट ड्रामा भनिएको दुखी आत्माको ट्रेलरमा फिल्ममा रहेका प्रसस्त संवादहरू पनि सुन्न सकिन्छ । फागुन २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा यसअघि सार्वजनिक गीत, ब्रेकअप कविता र टिजरले राम्रो चर्चा पाइरहेका छन् । फिल्ममा कवि श्रवण मुकारूङका १० वटा कविता समावेश गरिएका छन् ।
क्लर्क वर्क क्रियशनको व्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक दीपेन्द्र लामा स्वयंको रहेको छ । निर्माता भने हिमाल कडरिया रहेका छन् । फिल्ममा दयाहाङ र आँचलसहित अनुपविक्रम शाही, बुद्दि तामाङ, रेअर राई, पुष्कर गुरूङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दीया मास्के, लुनिभा तुलाधर , शिशिर वाङदेल लगायतका कलाकारहरूको अभिनय रहेको देख्न सकिन्छ ।
कार्यकारी निर्मातामा सुदीप ढकाल, छायांकनमा आलोक शुक्ला र सम्पादनमा निमेष श्रेष्ठ रहेका छन् । दुःखी आत्मा प्रणय दिवस अर्थात (भ्यालेन्टाइन डे)को अवसरमा देशभर प्रदर्शन भइरहेको छ ।