बिहिवार, आश्विन १५ गते २०८३

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार , माघ २३, २०८१

काठमाडौं । आज पनि सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा छापावाल सुनको मूल्य आज तोलामा २ हजार २०० रुपैयाँले बढेको हो ।

आज सुन तोलामा १ लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँमा कायम भएको थियो । हिजो पनि सोमबारको तुलनामा सुनको मूल्य वृद्धि भएको थियो । महासंघका अनुसार बुधबार चाँदीको मूल्य ४५ रुपैयाँले बढेको छ ।

मंगलबार तोलामा १ हजार ९ सय ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९ सय ७५ रुपैयाँ कायम भएको छ । जसअनुसार आज चाँदी १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार