मंगलवार, आश्विन १३ गते २०८३

महिला टी-२० सिरिजमा नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

बुधवार , माघ २३, २०८१

काठमाडौं । महिला त्रिकोणात्मक टी-२० सिरिजको पाँचौँ खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले १२ ओभरको खेल सकिँदा २ विकेटको क्षतिमा ८० रन बनाएको छ ।

यसअघिका चारवटै खेलमा पराजित भएको नेपालको फाइनलमा पुग्ने सम्भावना सकिएको छ । नेदरल्यान्ड्स र थाइल्यान्डसँग समान दुई खेलमा नेपाल पराजित भइसकेको छ । नेपालले नेदरल्यान्ड्ससँग अन्तिम खेल खेलिरहेको हो भने थाइल्यान्डसँग पनि अन्तिम खेल बाँकी रहेको छ । तीन टोलीले एकअर्काविरुद्ध समान तीन खेल खेलेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् ।

थाइल्यान्ड र नेदरल्यान्ड्सले फाइनलमा खेल्ने पक्का भइसकेको छ । आज नेदरल्यान्ड्सविरुद्ध पनि नेपालका दुवै ओपनर सस्तैमा आउट भएका छन् । ओपनर सम्झना खड्का ६ रनमा र ममता चौधरी १ रनमा आउट भएपछि ब्याटिङमा कप्तान इन्दु बर्मा र पूजा महतो आएका छन् । पूजा ३२ रन र इन्दु ३८ रनमा खेलिरहेका छन् । नेपालका दुवै ओपनरलाई आइरिस ज्विलिङले आउट गरेकी हुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार