बिहिवार, आश्विन १५ गते २०८३

११ अंकले घट्यो नेप्से, ९ अर्ब २४ करोडको कारोबार

बिहिवार , माघ २४, २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) ११ अंकले घटेको छ । नेप्से ११.६४ अंकले घटेर २६९९.८१ विन्दुमा बन्द भएको छ । आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ ।

हिजो आठ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ९ अर्ब २४ करोडको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा २९ करोड रूपैयाँ वृद्धि भएको हो । आज ३१५ वटा धितोपत्रको एक करोड ८६ लाख ८० हजार ३९२ कित्ता सेयर किनबेच भएको छ । आज ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६० वटाको घटेको छ । यस्तै ९ कम्पनीको मूल्य स्थिर रहेको छ । आज अपरलोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । यस कम्पनीको प्रतिकित्ता मूल्य ६३० रूपैयाँ ३० पैसा पुगेको छ । त्यसैगरी, सेन्ट्रल फाइनान्सको मूल्य ६.५१ प्रतिशत बढेर प्रतिकित्ता मूल्य ६१२ रूपैयाँ कायम भएको छ ।

आज उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतका दरले घटेर प्रतिकित्ता मूल्य पाँच हजार ९४० रूपैयाँ र दुई हजार चार रूपैयाँ १० पैसामा झरेको छ । त्यस्तै, साहस ऊर्जा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य ५०७ रूपैयाँ ९० पैसामा ३१ करोड ३५ लाख रूपैयाँको सेयर कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ०.५१ प्रतिशत बढेको हो । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । यस कम्पनीको २२ करोड २७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ भने प्रतिकित्ता मूल्य ९८९ रूपैयाँ ९० पैसा रहेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो । आज वित्त समूहको परिसूचक सर्वाधिक ५.६७ प्रतिशतले बढेको छ ।  फाइनान्स १.५८ प्रतिशत बढेको छ । यस्तै, विकास बैंक समूहको परिसूचक सर्वाधिक १.५३ प्रतिशतले घटेको छ । बैंकिङ ०.३५, होटल तथा पर्यटन ०.३७, हाइड्रोपावर ०.३८, लगानी ०.३९, जीवन बीमा ०.१६, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.५९, निर्जीवन बीमा ०.४५, अन्य १.०५ र व्यापार ०.११ प्रतिशतले घटेका छन् ।

कारोबार रकमका आधारमा साहस ऊर्जा, नेपाल पुनर्बीमा कम्पनी, बरुण हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार