काठमाडौं । गायिका एलिना चौहानले आफूलाई धोकेबाज भनेर बोलाउन थालेको बताएकी छन् । शुक्रवार ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिनुअघि विद्यार्थी दर्शकले धोकेबाज गीत गाउन अनुरोध गर्दा उनले यस्तो धारणा राखेकी थिइन् ।
एलिनाले सोथिन् ‘धोकेबाज मलाई भनेको कि गीत ? अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ, ।’ दर्शकले धोकेबाज गीत वान्समोर भन्दा धेरैको प्रेममा धोका भएको छ कि भन्दै प्रश्न गरेकी छिन् । एलिनाले पढ्ने बेला प्रेम नपर्न समेत विद्यार्थीलाई सुझाव दिएकी छन् । एलिनाले आफूलाई अहिलेको अवस्थामा धोकेबाज गीत धेरै गाउन मन नभएको बताएकी छिन् ।
उनले भनिन् ‘भर्खर भर्खर ब्रेकअप भएको छ । यस्तो बेला धेरैपटक धोकेबाज गाउनु हुँदैन । मलाई धोकेबाज धेरै गाउने मुड छैन, ।’ त्यसपछि एलिनाले के माया लाउँछ र गीत गाएकी हुन् । कार्यक्रममा तिम्रो मायाले बाँधेर राख, कट्टा हान्दिन्छु, मिनिरल वाटर भन्दै, रक्सी चुरोट छाड्न पाउन्नौँ, धोकेबाज हौँ तिमि, दुस्मन हेरेको हेरेईलगायत गीत गाएर दर्शकहरुलाई एलिनाले मनोरञ्जन गराएकी थिइन् ।