शुक्रवार, कार्तिक ७ गते २०८३

रुखले किच्दा अटोमा सवार महिलाको मृत्यु, तीन जना घाइते

आइतवार , श्रावण २४, २०७८

काठमाडौं । उदयपुरमा रुखले किच्दा अटोमा सवार एक महिलाको मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका–७ अधेरीमा रुख लडेर अटोलाई किच्दा त्यसमा सवार एक महिलाको मृत्यु ३ जना भाइते भएका छन् । अटोमा सवार कटारी नगरपालिका–४ की ३८ वर्षीया निशा दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुखले थिचेर अटो चालक र अटो नजिकै रहेका अन्य दुई जना घाइते भएका छन् । उनीहरुको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रुखले किच्दा अटो पूर्ण रुपमा क्षति भएको छ भने नजिकै रहेको एक मोटरसाइकलमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार