काठमाडौं । दीपेन्द्र के खनालको निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’ले रिलिज मिति तय गरेको छ । हाल छायाङ्कनरत फिल्मले २०८२ को दसैँको फूलपातीमा रिलिज मिति तय गरेको हो ।
फिल्ममा हरिवंश आचार्य, प्रियङ्का कार्की, प्रकाश सपुत, स्वस्तिमा खडका, किरण केसी, मुरलीधर लगायतका कलाकारको अभिनय रहेका देख्न सकिने छ ।
४५ दिनसम्म काभ्रे र काठमाडौँका विभिन्न लोकेसनमा छायाङ्कन हुने फिल्म एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको हो । सरोज ओली र मोहितवंश आचार्य निर्माता रहेको फिल्म सामाजिक र हास्य कथावस्तुमा बन्न लागेको हो ।