बुधवार, आश्विन १४ गते २०८३

नागढुंगाबाट सुनसहित दुई भारतीय पक्राउ

बिहिवार , फाल्गुण १, २०८१

काठमाडौं । नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २४ वर्षीय राहुल खडु सरकला र सोही ठाउँका २७ वर्षीय महेश अम्रृत मानी रहेका छन् ।

काँकडभिट्टाबाट आउँदै गरेको बेलामा उनीहरूलाई सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार बा. प्र ०१–००२ ख ०५४२ नम्बरको यात्रुबहाक बसमा सवार उनीहरूलाई ३१८ ग्राम सुनसहित पक्राउ गरिएको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार