आइतवार, श्रावण २४ गते २०८३

दैलेखमा देउकेटा प्रथा, ७ वर्षीय सुवासदेव गिरी नयाँ ‘देउकेटा’

आइतवार , श्रावण २४, २०७८

काठमाडौं । नेपालमा देवी देवता र मठ मन्दिरहरुमा थुप्रै प्रथाहरु छन् । सुदूरपश्चिममा देउकी प्रथा र काठमाडौँ उपत्यकामा जीवित देवीकुमारी राख्ने धार्मिक परम्परा छ । त्यस्तैदैलेखको एक मन्दिरमा कुमार अर्थात देउकेटा राख्ने चलन छ ।

कर्णाली राजमार्गमा पर्ने दैलेखको तल्लो डुङ्गेश्वरस्थित पञ्चेश्वर शिव महादेव मन्दिरमा पुर्खौँदेखि नाबालकले पूजापाठ गर्ने प्रचलन रहेको छ । हाल यस मन्दिरमा सात वर्षीय सुवासदेव गिरी पुजारी (देउकेटा) छन् । सुवास गतवर्ष मङ्सिरदेखि पुजारी नियुक्त भएका हुन् ।

त्यसअघि उनका साहिला दाजु जीवनदेव पुजारी थिए । जीवनदेवको उमेर १६ वर्ष पुगेपछि उत्तराधिकारीको रूपमा पुजारीमा सुवास मन्दिर प्रवेश गरेका हुन् । सुवासले मन्दिरमा दैनिक पूजापाठ गर्ने, दर्शनार्थीलाई टीका र आर्शिवाद दिँदै आएको बताए । 

शिव महादेव मन्दिरमा कुमार केटालाई मन्दिरमा चढाएर मात्र पुजारीको मान्यता दिने चलन छ । जसलाई स्थानीय भाषामा ‘देउकेटा’ अर्थात् ‘देउतालाई चढाएको केटा’ भनिन्छ । देउतालाई चढाएको केटाले पूजापाठ मात्र होइन मन्दिरमै बास बस्छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार