धादिङबेसी । धादिङको त्रिुपुरासुन्दरी गाउँपालिकामा पर्ने सल्यान्टारस्थित नृसिंहधाम मेलामा दर्शन गर्न गएको तिर्थयात्री बोकेको सवारी साधन दुर्घटनामा परेको छ । धादिङबेसी–सल्यानटार सडकखण्ड अन्तर्गत टारीबेसी माथिको घुम्तीमा सवारी दुर्घटना भएको हो ।
बागमती प्रदेश बी एएफ ०२२३ नम्बरको मारुती इको भ्यान दुर्घटनामा परेको हो । दुर्घटनामा परी ७ जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।उक्त सवारी भक्तपुरबाट गएको थियो । मेलाको दर्शन गरेर फर्कने क्रममा उक्त भ्यान दुर्घटनामा परेको हो ।