काठमाडौं । सिन्धुलीमा कारले मोटरसाइकलाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका-५ बस्ने ३० वर्षीय सूर्यप्रसाद आचार्य र जितपुरसिमरा उपमहानगरपालिका-४ बस्ने ३१ वर्षीय लोकनाथ वाग्ले रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार घाइते आचार्यको अवस्था भने गम्भीर रहेको छ । उनीहरु दुवैको शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले काठमाडौंबाट विराटनगर जाँदै गरेको बीएसी १९७९ नम्बरको कारले बर्दिबासबाट काठमाडौं जाँदै गरेको ना ३० प ८३२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।