मंगलवार, आश्विन २७ गते २०८३

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलवार , आश्विन २७, २०८३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ९४ पैसा र बिक्रीदर १५३ रुपियाँ ५४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७१ रुपियाँ ०३ पैसा र बिक्रीदर १७१ रुपियाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपियाँ ४२ पैसा र बिक्रीदर २०३ रुपियाँ २२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपियाँ ५९ पैसा र बिक्रीदर १८४ रुपियाँ ३१ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपियाँ ६१ पैसा र बिक्रीदर १०७ रुपियाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपियाँ २२ पैसा र बिक्रीदर १०७ रुपियाँ ६५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ४१ पैसा र बिक्रीदर ११९ रुपियाँ ८८ पैसा तोकिएको छ ।

जापानी येन १ को खरिददर नौ रुपियाँ ६४ पैसा र बिक्रीदर नौ रुपियाँ ६८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ८५ पैसा र बिक्रीदर २२ रुपियाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ७२ पैसा र बिक्रीदर ४० रुपियाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ९६ पैसा र बिक्रीदर ४२ रुपियाँ १२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५५ पैसा र बिक्रीदर चार रुपियाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ६४ पैसा र बिक्रीदर ४१ रुपियाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ३८ पैसा र बिक्रीदर ३७ रुपियाँ ५३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ ४८ पैसा र बिक्रीदर ११ रुपियाँ ५२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ २६ पैसा र बिक्रीदर १५ रुपियाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ८८ पैसा र बिक्रीदर २२ रुपियाँ ९७ पैसा तोकिएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार