काठमाडौं । गायक खुमन अधिकारीको नयाँ तिज गित 'अब होला केही' सार्वजनिक भएको छ ।
खुमन अधिकारी र शान्ती श्री परियारको स्वर रहेको गीतमा स्वयम गायक अधिकारी र अन्जली अधिकारीको अभिनय रहेको छ । गीतमा उनिहरुलार्ई शिव पार्वतीको अवतारमा समेत देख्न सकिन्छ ।
प्रकाश पराजुलीको शब्द रहेको गीतमा गायक अधिकारी र प्रेम देव गिरिको संगित रहेको छ । करन चैसिरले छायांकन गरेको भिडियोलाई नविन घर्ती मगरले सम्पादन-कलर गरेका हुन् भने स्मृति तिमिल्सिना ले निर्देशन गरेकी हुन् ।
गीत शिव दर्शन युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।