बुधवार, आश्विन १४ गते २०८३

बाँदर र बँदेल आतंकबारे प्रतिनिधिसभामा आज छलफल हुँदै (कार्यसूचीसहित)

सोमवार , फाल्गुण १२, २०८१

काठमाडौँ । ग्रामीण क्षेत्रमा बाँदर तथा बँदेलले खेतीबाली नष्ट पारेर किसानलाई परेको समस्याबारे आजको प्रतिनिधिसभा बैठकमा छलफल हुँदैछ।  

सांसद राजेन्द्र बजगाईंले ‘बाँदर र बँदेलको आतंकबाट किसानहरूलाई जोगाउन तथा दीर्घकालीन समाधान खोज्न आवश्यक नीति तथा कार्यान्वयन’को माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्।

उक्त प्रस्तावलाई सांसद उदय शमशेर जबरा र सांसद संजय कुमार गौतमले समर्थन गरेका छन्। सांसद बजगाईंले कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन, तथा वातावरणीय सन्तुलन कायम राख्न नीतिगत पहल आवश्यक रहेको उल्लेख गर्दै प्रस्ताव दर्ता गरेका हुन्।  

नेपालका ग्रामीण क्षेत्रमा किसानहरूले बाँदर र बदेलको आतंकका कारण ठूलो क्षति भोग्दै आएका छन्। किसानहरूको सुरक्षाका लागि दीर्घकालीन समाधान आवश्यक भएको भन्दै सांसद बजगाईंले सरकारले यस विषयमा गम्भीर ध्यान दिनुपर्ने माग गरेका छन्। 

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ।  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०\०८१ पेस गर्ने कार्यसूची छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार