मंगलवार, आश्विन २७ गते २०८३

न्हुँ पोखरी संरक्षण गर्न ललितपुर महानगरपालिकाले चलायो डोजर

सोमवार , फाल्गुण १२, २०८१

काठमाडौं । ललितपुर महानगरपालिकाले अनधिकृत रुपमा बनेका संरचनामाथि डोजर चलाएको छ ।

महानगरपालिकाले लगनखेल स्थित-५ नम्बर वडा कार्यालय भवन र जिल्ला अदालत हुँदै लगनखेल चोक सम्मका घर र टहराहरु भत्काएर बाटो फराकिलो बनाउने कार्य सुरु गरेको हो । महानगरले आज घर-टहरा भत्काउने काम सुरु गरेको हो । लगनखेलमा अवस्थित ऐतिहासिक सम्पदा न्हुँ पोखरी संरक्षण र विस्तारका लागि पोखरी अगाडिका घर टहराहरु भत्काइएको महानगरपालिकाले जनाएको छ ।

महानगरले सप्तपातल पोखरी बनाइरहेको जनाएको छ । ‘यस्तै राजदलले लिएको ३ वटा पोखरी पनि फिर्ता ल्याएको महानगरले जनाएको छ । यहाँ ऐतिहासिक पोखरी छ । यो छोपिएको छ, अब यो खोल्दै छौं । न्हुँ पुखु : (पोखरी) ऐतहासिक हो । तर यो छोपिएको कारण पोखरीको अस्तित्व मेटिएको अवस्था छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार