बुधवार, आश्विन १४ गते २०८३

गोरखामा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

मंगलवार , फाल्गुण १३, २०८१

काठमाडौं । १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा गोरखामा एक शिक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार जाजरकोटको नलगाड नगरपालिका- ८ घर भएका ३५ वर्षीय कमलबहादुर बोहरा पक्राउ परेका हुन् ।

बोहरा गोरखाको धार्चे गाउँपालिकास्थित एक विद्यालयका शिक्षक रहेका प्रहरीले जनाएको छ । बोहराविरुद्ध पीडित बालिकाका आफन्तले जाहेरी दिएका थिए । जाहेरीमा गत पुसदेखि पटक-पटक ती विद्यार्थीमाथि जबरजस्ती करणी गरेको उल्लेख गरिएको छ । गत माघ २८ गते राति पनि उनले बालिकामाथि जबरजस्ती करणी गरेको आरोप छ ।

प्रहरीका अनुसार उनीविरुद्ध जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता भएको छ । गत फागुन ७ गते पक्राउ परेका बोहरामाथि जिल्ला अदालत गोरखाबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार