आइतवार, श्रावण २४ गते २०८३

चीनमा संसारकै ठूलो, अनौठो र अद्भूत खगोल संग्राहलय

सोमवार , श्रावण २५, २०७८

काठमाडौं । चीनको सांघाइमा विश्वकै सबैभन्दा ठूलो खगोल विज्ञान संग्राहलय छ । यो संग्राहलय विश्वकै ठूलो मात्र होइन अनौठो र अद्भूत पनि छ । ३९ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो म्युजियममा गत जुलाई १८ देखि सर्वसाधारणका लागि खुल्ला गरिएको हो । यसमा ब्रम्हाण्डका तारालगायतका पिण्ड र गतिविधिहरुको अवलोकन गर्ने वेधशाला र ७८ फिट लामो दूरविन रहेको छ, जुन सबैभन्दा ठूलो आकर्षणको केन्द्र हो ।

अमेरिकी आर्किटेक्ट कम्पनी एनिडले उक्त म्युजियमको डिजाइन गरेको हो जसको आकृति अण्डाकार छ, कुनै पनि सिधा तथा तिखा रेखाहरु देखा पर्दैनन् । उक्त परियोजनाका मुख्य डिजाइनर थोमस वोंगका अनुसार एक जटिल बक्र आकृतिमा बनेको यो म्युजियम हेर्दा कुनै अन्तरिक्षयान जस्तै देखिन्छ । 

आकाशबाट हेर्दा यो एउटा संग्राहलय एउटा भूगलीय प्रयोगशाला जस्तो देखिन्छ । मानिसहरु यसमा अन्तरिक्षमा जस्तै तौल वीहिनताको अनुभव पनि गर्न सक्नेछन् । उक्त संग्राहलयमा आगन्तुकहरुले बाह्य ग्रहहरुमा जस्तै अनुभव गर्नेछन् ।

उक्त संग्राहलयमा ७० भन्दा धेरै उल्का पिण्डहरुका नमूना रहेका छन् । जसमा मंगल, क्षुद्रग्रह, आदिबाट प्राप्त नमूनाहरु पनि छन् । संग्राहलयको भवन अकुलस अर्थात् आँखाजस्तै आकृतिको रहेको छ ।
एजेन्सीको सहयोगमा 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार