काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । महाशिवरात्रिको अवसरमा पशुपति मन्दिर परिसरमा शंकास्पद गतिविधिमा संलग्न ७५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताएका छन् ।
सिक्री लुट्न खोज्ने र गाँखा खाएर होहल्ला गर्नेहरुलाई नियन्त्रणमा लिइएको एसपी बोहराले बताएका छन् । उनले भने, ‘हामीले प्रोफाइल हेरेर नियन्त्रणमा लिएका छौँ ।’ पक्राउ पर्नेहरु सबै पुरुष रहेका छन् । स्क्रिनिङ गरेर गलत काममा संलग्नहरुलाई मुद्दा चलाइने एसपी बोहराले जनाएका छन् । एसपी बोहराका अनुसार पक्राउ परेकाहरूलाई प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालामा राखिएको छ ।
आपराधिक गतिविधि हुनसक्ने आशंका गर्दै प्रहरीले पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । आज महाशिवरात्री पर्व भएकाले पशुपतिनाथ मन्दिरसहित देशभरका शिवलायहरूमा भक्तजनको घुइँचो लागिरहेको छ ।