मंगलवार, आश्विन २७ गते २०८३

कञ्चनपुरमा ट्रकले ठक्कर दिँदा २१ वर्षीया निर्मला बोहराको मृत्यु

बिहिवार , फाल्गुण १५, २०८१

काठमाडौं । कञ्चनपुरमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको शुक्लाफाँटा नगरपालिका-५ वनसमितिमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाइकलाई ठक्कर दिंदा मोटरसाइकलको पछाडि सवार भीमदत्त नगरपालिका-१८ की २१ वर्षीया निर्मला बोहराको मृत्यु भएको छ । मोटरसाइकल चालक ३० वर्षीय महिमान विष्ट सामान्य घाइते भएका छन् ।

घाइते विष्टको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रकका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार