बुधवार, आश्विन १४ गते २०८३

८४ वर्षको उमेरमा नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

शुक्रवार , फाल्गुण १६, २०८१

काठमाडौं । नेपालकी पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ ।

सर्वोच्च अदालत सूचना अधिकारीका अनुसार श्रेष्ठको उपचारका क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो । महराजगन्जस्थित प्रहरी अस्पतालमा उनको निधन भएको सूचना अधिकारीले जनाएका छन् ।

श्रेष्ठको ८४ वर्षको उमेरमा निधन भएको हो । स्रोतका अनुसार उनको आजै साँझ ४ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताएका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार