आइतवार, श्रावण २४ गते २०८३

तस्बिरमा हेर्नुहोस् बौद्धमा शेर्पा समुदायको ग्याल्पो ल्होसार

शुक्रवार , फाल्गुण १६, २०८१

काठमाडौं । आज देशभर विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार मनाइएको छ । यो पर्व शेर्पा समुदायको प्रमुख चाड रहेको छ । जसलाई नयाँ वर्षका रूपमा फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने गरिन्छ ।

gwalpo losar (1).jpg

शेर्पा समुदायले आज विभिन्न ठाउँमा आफ्नो परम्परा र रीतिरिवाज अनुसार सांस्कृतिक कार्यक्रम गरेर ग्याल्पो ल्होसार मनाइरहेका छन् । ग्याल्पो ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ ।

gwalpo losar (2).jpg

नेपालमा शेर्पाहरूले एक साता ल्होसार मनाउने परम्परा रहेको छ भने तिब्बतमा यो दुई साता मनाउने प्रचलन रहेको छ ।शेर्पाहरूका अनुसार भोटका नवौँ राजा उदे गुङ्‌ग्यालका पालादेखि नै वसन्त पर्वका रूपमा यो पर्व मनाइदै छ ।

gwalpo losar (5).jpg

आज काठमाडौंमा पनि शेर्पा समुदायले विविध कार्यक्रमसहित ल्होसार मनाइरहेका छन् । 

gwalpo losar (4).jpg

gwalpo losar (3).jpg

प्रतिक्रिया
सम्बन्धित समाचार