काठमाडौं । आइतबार सर्वोच्च अदालतका कुनै पनि इजलास नबस्ने भएको छ ।
नेपालकै प्रथम महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको निधनमा शोक व्यक्त गर्दै सर्वोच्च अदालतले आज इजलास नबस्ने निर्णय गरेको हो । सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले आइतबार सर्वोच्च अदालतका कुनै पनि इजलास नबस्ने निर्णय भएको बताएका छन् ।
पहिलो महिला न्यायाधीश श्रेष्ठको शुक्रबार निधन भएको थियो । श्रेष्ठको ८४ वर्षको उमेरमा निधन भएको हो । उनले निरन्तर ४ दशक न्यायाधीशका रूपमा काम गरिन् । जिल्ला र तत्कालीन पुनरावेदन अदालत हुँदै २०६१ वैशाख ३ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएकी थिइन् । ०६५ जेठ २० मा उनले अवकाश पाएकी थिइन् ।