बुधवार, आश्विन १४ गते २०८३

यौनप्रस्ताव अस्वीकार गरेपछि सहकर्मीको हत्या

सोमवार , फाल्गुण १९, २०८१

काठमाडौं । रुपन्देहीमा एक पुरुषले सँगै काम गर्ने महिलालाई यौन प्रस्ताव गर्दा नमानेको झोँकमा हत्या गरेका छन् । 

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १२ का अजय भनिने ४२ वर्षीय अमिरिका थारूले दाङको लमही नगरपालिका वडा नं ७ की संगिता चौधरीलाई प्रेम प्रस्ताव गरेको तर नमानेपछि निर्मम तरिकाले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

फागुन ८ गते अमिरिकाले संगिताको हत्या गरी फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले उनीहरू दुवै जना मजदुरी काम सकेर एक होटलमा बसेको र त्यसपछि माया प्रेमका कुरा भएपछि ती महिलाले अस्वीकार गरेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा आंकलन गरिएको बताए । अमिरिका ती महिलाको हत्या भएको नौ दिनपछि पक्राउ परेका छन्।

बुटवल उपमहानगरपालिका ११ कालिकापथमा साथीहरूसँग बसेर ज्याला मजदुरी गर्दै आएकी संगीता चौधरीको शव गत फागुन ८ गते रुपन्देहीको सियारीस्थित बेथरी सडकखण्डको किनारमा फेला परेको थियो।

उनको टाउको र अनुहारमा ढुंगा प्रहार गरी नचिनिने गरी हानेको अवस्थामा सडक किनारमा परालको थुप्रोले ढाकेको अवस्थामा शव भेटिएको थियो।

प्रहरीले शव फेला परेपछि तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरेको थियो सोही क्रममा थारूलाई गत १६ गते पक्राउ गरेको प्रहरीले जनाएको छ। डिएसपी कार्कीका अनुसार संगीता सम्बन्ध बिच्छेद गरेर बसेको र अमिरिका पनि परिवारमा तनाव भएर बसेका व्यक्ति हुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार