बुधवार, आश्विन १४ गते २०८३

गोरखामा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु

सोमवार , फाल्गुण १९, २०८१

काठमाडौं । गोरखामा आज माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शहीद लखन गाउँपालिका वडा नम्बर ३ मा माइक्रो बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान आँबुखैरेनी-गोरखा सडकखण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरु सबैलाई उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार